ललितपुर महानगरपालिका वडा नं.६ को आयोजना तथा ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिको सहयोगमा तीन दिने हस्तकला तथा पर्यटन प्रवद्धन मेला संचालन हुन लागेको छ ।

यहि फागुन २५,२६ ,२७ गते सम्म संचालन हुने हस्तकला मेलाको तयारी गर्नको निम्ति ललितपुर महानगरपालिका वडा नं.६ का जनप्रतिनिधिहरु , ललितपुर महानगरपालिका उद्योग , पर्यटन तथा संस्कृति संरक्षण समितिको पदाधिकारीहरु , नेपाल प्रहरी र हस्तकला तथा पर्यटन प्रवद्धन मेलाको संयोजकहरु सो कार्यक्रम बिच छलफल भएको छ ।

हस्तकला तथा पर्यटन प्रवद्धन मेलाको पहिलो दिन ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्ने छन् ।

कला ,शिल्प ,सांस्कृतिक ,खाना स्टल , म्युजिकल लाइट शो , हेरिटेज वाक , जिवन्त कला , लोप हुन लागेको सामाग्रीहरु , पुरातात्विक वस्तुहरू प्रदर्शन हुने छ । ओकुबहा , गथिचा, रुद्रवर्ण महाविहार , यतालिबी , बहि, बहिननी, लूँखुसी, सिन्चाहिटि, कनिबहा , वटुक भैरव , कनिबहा , थैना, थपाहिति, गुजिबटाः, थपात, ज्याथा , नगु : बहा , महाबुद्ध, जतिबहा , न्हुबहा , नुग, सुन्धारा, चालाछे, सौगमा प्रर्दशनी हुने छ । त्यस्तै कारु कामाक्षे लाखे , गुलां लाखे नाच , मि : प्वां लाखे लगायत विभिन्न नाचहरु प्रर्शनी हुने छ ।