ललितपुर – ललितपुर महानगरपालिका वडा नं.५ को आयोजना तथा गुणा ब्युटिसियन टेनिङ सेन्टरको प्राविधिक सहयोग ४५ दिने एडभान्स ब्युटीसियन तालीम सम्पन्न भएको छ ।महिलाहरुलाई रोजगारी सिर्जना तथा ब्यवसायिक सिपबाट आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने एडभान्स ब्युटीसियन तालीम संचालन गरेको हो ।

४५ दिने एडभान्स ब्युटीसियन तालीममा १५ जना प्रशिक्षार्थीले सहभागी जनाएका छन् ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले कुनै पनि वडाबासीहरु बेरोजगार नहोस् , आत्मा निर्भर बढोस् र कसैको भरमा बस्न नपरोस् भन्ने उदेश्यका विभिन्न सिपमुलक तालीमहरु संचालन गर्दै आएको उल्लेख गर्नुभयो । ब्युटीसियन तालीम लिएको प्रशिक्षार्थीहरु उद्यमी भई आम्दानी गर्नको लागि शुभकामना व्यक्त गर्नुभयो ।

गुणा ब्युटिसियन टेनिङ सेन्टरको संचालन गुण केसरी ताम्राकारले तालीमबाट सिकेको सिपलाई सहि सदुपयोग गर्नको लागि सुझाव दिनुभयो । उद्यमशील तालीमहरुले गर्दा युवा , महिलाहरु विदेश पलायन हुनबाट केही मात्र भए पनि कम हुने बताउँनुभयो ।

ललितपुर महानगरपालिका वडा नं.५ महिला सदस्य शोभा देवि प्रदान श्रेष्ठले आफुले सिकेको सिपलाई सहि सदुपयोग गरि उद्यमी बनको लागि प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा सदस्य पुर्नम निरौलाले अनुहारको ब्युटी मात्र नभई आफ्नो बोली वचन र व्यवहारको विकास भयो भनी कुनै पनि ठाउँमा काम गर्न सहज हुने बताउनुभयो । आफुले सिकेको सिपलाई प्रमाणपत्रमा मात्र सिमित नराखी जिवनमा प्रयोग गर्दै जानको सुझाव दिनुभयो ।

४५ दिने एडभान्स ब्युटीसियन तालीममा लिन पाएकोमा प्रशिक्षार्थीहरुले खुशी व्यक्त गर्दै वडालाई धन्यवाद व्यक्त गरेका छन् ।

४५ दिने एडभान्स ब्युटीसियन तालीममा सहभागी हुने प्रशिक्षार्थीहरुलाई उज्वल भविष्यको कामना गर्दै वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । त्यस्तै ४५ दिने एडभान्स ब्युटीसियन तालीममा मेहेनेतका साथ राम्रोसँग तालीम लिने उत्कृष्ट ४ जनालाई पुरस्कार वितरण गरिएको थियो । साथै ४५ दिन सम्म प्रशिक्षण दिने प्रशिक्षकलाई पनि माया चिनो वितरण गरिएको थियो ।

कार्यक्रममा गुणा ब्युटिसियन टेनिङ सेन्टरको संचालन गुण केसरी ताम्राकारले ललितपुर महानगरपालिका वडा नं.५ का जनप्रतिनिधिहरुलाई मायाको चिनो दिनुभयो ।