फागुनमा विद्युतीय गाडी २७६ वटा मात्रै आयात भएका छन्। चालू आर्थिक वर्षमा बढी आयातभई रेकर्ड राख्दा ६ हजार ४३५ आयात भएका छन्।  

माघसम्म ६ हजार १५९ वटा विद्युतीय गाडी आयात भएका थिए। चीनमा नयाँ वर्ष र नेपालमा पुरानै स्टक बाँकी हुँदा धेरै अघिल्ला महिनाको तुलनामा कम भित्रिएको व्यवसायीले बताएका छन्। नेपालमा भित्रिने विद्युतीय गाडीमध्ये ठूलो हिस्सा चिनियाँ ब्रान्डको रहेको छ। बजारमा नयाँ ब्रान्ड भने धमाधम थपिदै गएका छन्। 

नेपालमा भित्रिएका गाडीमध्ये ५० किलोवाटसम्मका २७ सय ४६, ५० देखि १०० किलोवाटका ३ हजार ५९४, १०१ देखि २०० किलोवाटसम्मका ७५ र २०१ किलोवाट माथीका २० वटा मात्रै आयात भएका छन्। ५० किलोवाटसम्मका गाडी भारतीयको बच्चस्र्व रहदाँ ५० देखि १०० किलोवासम्म चिनियाँ ब्रान्डको देखिएको छ।११ सिट माथीका विद्युतीय माइक्रो ३७० वटा आयात भएका छन्।८ महिनामा १५ अर्ब ८१ करोड रुपैयाँ बराबरका विद्युतीय निजी गाडी भित्रिएका छन्। चालु आर्थिक वर्षमा चारपांग्रे गाडीको व्यापार राम्रै देखिएपनि दुईपांग्रेको भने कम रहेको छ। फागुनसम्म ८१ हजार ७२९ मोटरसाइकल र स्कुटर आयात भएका छन्। 

३२ अर्ब ६५ करोड रुपैयाँको साधन तथा तिनका पार्टस भित्रिएका थिए।