नेप्सेमा सामान्य अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ ।
मंगलबार नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको छ ।आज तीन सय सात कम्पनीको ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता शेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
वित्त समूह दुई दशमलव १०, जीवन बीमा समूह शून्य दशमलव ०६ र लघुवित्त समूह दुई दशमलव ०३ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । आज सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ३८ र व्यापार समूह एक दशमलव ३१ प्रतिशतले घटेको छ ।