ललितपुर – ललितपुर महानगरपालिका वडा नं.२ को आयोजनामा १५ दिने बारिष्ता (कफि मेकिङ ) तालीम सुरु भएको छ । सुपर डाईनामिक ट्रेनिङ एण्ड एजुकेशन प्रा.लिको प्राविधिक सहयोगमा १५ दिने बारिष्ता तालीम शुभारम्भा भएको हो ।

ललितपुर महानगरपालिका वडा नं.२ का युवाहरूलाई स्वरोजगार बनाउने उदेश्यका साथ बारिष्ता प्रशिक्षण संचालन गरेको हो ।वारिष्टा तालीममा जम्मा २० जनाले सहभागी जनाए छन् ।

ललितपुर महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष राजेश कुमार महर्जनले युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउने उद्देश्यका साथ १५ दिने बारिष्ता तालीम संचालन गरेको बताउँनुभयो । बारिष्ता तालीम लिए पछि स्वदेश मै बसि आफूले रोजगारी गर्न सकिने उल्लेख गर्नुभयो ।युवाहरूलाई स्वरोजगार बनाउन वडाले विभिन्न सिपमुलक तालीम संचालन गर्दै आएको जानकारी दिनुभयो । बेसिक बारिष्ता तालीम सक्ने पछि एडभान्स तालीमको प्रशिक्षण सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ललितपुर महानगरपालिका वडा नं.२ वडा सदस्य एलिसा ढंगोलले १५ दिने बारिष्ता तालीम राम्रोसँग लिनको लागि प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

१५ दिने वारिष्टा तालीमका प्रशिक्षक दिपेस खत्रीले बारिष्ता तालीम लिए पछि जुनसुकै ठाँउम गएर पनि आफुले जिवनकोपार्जन गर्न सकिने बताउँनुभयो ।

ललितपुर महानगरपालिका वडा नं.२ का वडा सदस्य अनिता विशष्टले १५ दिने वारिष्टा तालीम बारेमा आफ्नो भनाइ राख्नुभयो ।

सुपर डाईनामिक टेनिङ एण्ड एजुकेशन प्रा.लि को संस्थापक अपसरा अधिकारीले बारिष्ता तालीम लिए पछि स्वदेश मै बसि आफूले रोजगारी गर्न सकिने उल्लेख गर्नुभयो ।