सुनको मूल्य आज नयाँ रेकर्ड कायम
![](https://astittwo.com/wp-content/uploads/2024/03/gold-.jpg)
![](https://astittwo.com/wp-content/uploads/2023/10/devine.gif)
सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ। आज एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ६ सयले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २७ हजार ८ सयमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार २ सय कायम भएको छ।बुधबार छापावल सुन प्रतितोला १ लाख २५ हजार २ सयमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च भएको छ । चाँदी आज प्रतितोला १ हजार ५ सय ५५ मा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।