नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १५.६२ अंकले घटेर एक हजार ९५८ दशमलव ७५ विन्दुमा बन्द भएको हो ।        

नेप्सेमा आज २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६२ वटाको बढेको छ भने १७७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।            

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।