आज ८ अंकले नेप्से बढ्दा कारोबार पनि ३ अर्ब बढीको छ ।

आज नेपाल स्टक एक्चेञ्ज (नेप्से) ८.२६ अंकले बढेर १९७५.५० बिन्दुमा पुगेको छ । आइतबार ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार बराबरको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर ४९ हजार ७६४ पटक किनबेच भएको छ । आज १११ कम्पनीको शेयर कारोबार हुँदा १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आइतबार सेन्सेटिभ इन्डेक्स ०.२१ अंकले, फ्लोट इन्डेक्स ०.५४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०५ अंकले बढेको छ ।