ललितपुर – ललितपुर महानगरपालिकाको अनुगमन समितिद्वारा बजार अनुगमन गरिएको छ ।

ललितपुर महानगरपालिकाका उप प्रमुख एवम् अनुगमन समितिको अध्यक्ष मञ्जली शाक्य बज्राचार्यको संयोजकमा बजार अनुगमन गरिएको हो ।

ललितपुर महानगरपालिका भित्र बजार व्यवस्थापनहरुमा धेरै विकृतिहरु आएको हुँदा उप प्रमुख मञ्जली शाक्य बज्राचार्य र ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठ लगायतको टोलिले बजार अनुगमन गर्नुको साथै महानगरका टोलिहरुले व्यवसाय कर तिरेको छ छैन भनेर विवरणहरु पनि संकलन गरिएको थियो ।अनुगमन गरिने क्रममा बिक्रीमा राखेको सामानहरुको गुणस्तर तथा सामनको म्याद भएको छ वा छैन भनेर जाँच गर्नु साथै धेरै जस्तो फलफूल व्यवसायहरुले उपभोक्ताको स्वास्थ्यलाई मतलब नगरि खराब फलफुलहरुको जुस बिक्री गर्दै आएको देखा परेको छ ।व्यसायहरुले उपभोक्ताहरुको स्वास्थ्यलाई खेलबाड गरेको हुँदा अनुगमनको टोलिले फलफूल फाल्नुको साथै उक्त व्यसायहरुलाई कडा भन्दा कडा कदम चाल्ने ललितपुर महानगरपालिकाका उप प्रमुख एवम् अनुगमन समितिको अध्यक्ष मञ्जली शाक्य बज्राचार्यले बताउँनुभयो ।

बजार अनुगमन टोलिले अगामी दिनहरुमा पनि अझै आफ्नो कार्यहरुलाई निरन्तरता दिने ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले बताउँनुभयो ।