ललितपुरमा पटकपटक बिजुली जान थालेपछि प्राधिकरणलाई नेविसंघका विवेक आचार्य टोलीको ध्याकर्षण


ललितपुर – ललितपुरमा दैनिक पटकपटक बिजुली जान थालेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाल विद्युत प्राधिकरणको ध्याकर्षण गराएको छ ।
आइतबार नेविसंघका नेता विवेक आचार्य नेतृत्वको टोलीले प्राधिकरणको लगनखेल वितरण केन्द्रका प्रमुख शिवराम यादवलाई भेटेर ध्यानाकर्षण गराएको हो ।
पटकपटक बिजुली जाने र लामो समयसम्म पनि नआउने गर्दा विद्यार्थीको पठनपाठनमा समस्या सिर्जना भएको, बिरामीका लागि अप्ठ्यारो भएको भन्दै समाधान गरिदिन आग्रह गरेको नेविसंघका नेता आचार्यले बताए । उनले भने, ‘हामीले यो समस्या चाँडो भन्दा चाँडो समाधान गर्नुपर्यो, आज हामी मौखिक रुपमा आएका छौँ, समाधान भएन भने हामी चरणवद्ध आन्दोलनमा उत्रिन बाध्य हुन्छौँ भनेका छौँ ।’
जवाफमा वितरण केन्द्रका प्रमुख यादवले बिजुली जाने समस्या ललितपुरमा मात्रै होइन, प्रणालीमा समस्या आएकाले देशभरि नै रहेको बताए । यद्यपि उनले नेविसंघको सक्रियताले प्राधिकरणलाई समस्या समाधान गर्न थप दबाब दिने बताए ।
यस्तै आचार्यले समस्या यथाशीघ्र समाधान गर्नुपर्ने बरु प्राधिकरणलाई आवश्यक परे नेविसंघ सहयोग गर्न तयार रहेको जनाएको बताए ।