ललितपुर – वैदेशिक रोजगारको सिलसिलामा बेलायत पुगेर दुर्घटनामा निधन भएका ललितपुरका सन्दीप तामाङको परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बिमा दावी भुक्तानी प्रदान गरेको छ ।

मङ्गलबार सन नेपाल लाईफ लगनखेल शाखामा शाखा प्रमुख भुवन केसीले चापागाउँ कार्यालय प्रमुख सन्तोष दहाल, मार्केटिङ म्यानेजर दिनेश खड्कासहितको उपस्थितिमा सन्दीपका बाबू बेन कुमार तामाङलाई दावी भुक्तानीको चेक प्रदान गरेका हुन् ।

बेलायत पुगेको २२ महिनापछी सन्दीपको दुर्घटनामा परी निधन भएको थियो । बेलायतमै अन्त्यष्टि गरिएका उनको बाबुलाई सन नेपालले १३ लाख बराबरको भुक्तानी दिएको छ । चेक हस्तान्तरण गर्दै लगनखेल शाखा प्रमुख भुवन केसीले मृतक तामाङ प्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।

साथै उनले तामाङको निधनबाट परिवारमा पुगेको आर्थिक क्षतिको न्युनीकरणका लागि वैदेशिक रोजगार बिमाले सहयोग पुर्याएको र अन्य हरेको जोखिम वहनको क्षेत्रमा बिमाले भूमिका खेल्ने उल्लेख गरेका छन् ।