आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

छापावाला सुन आज ९०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ५० रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्यमा पनि ३० रुपैयाँले वृद्धि भइ आज प्रतितोला एक हजार ९४० रुपैयाँ कायम भएको छ ।