ललितपुर – ललितपुर महानगरपालिकाका उप प्रमुख एवम् अनुगमन समितिको अध्यक्ष मञ्जली शाक्य बज्राचार्यको संयोजकमा दोस्रो पटक ललितपुर महानगरपालिका भित्र बजार अनुगमन गरिएको छ ।

फलफुल खाद्य पदार्थ र मार्ट बजारहरुमा म्याद गुज्रिएको सामानहरु बिक्री गरिएको तथा लापरवाही बढेको भन्ने गुनासोहरु आउन थालेपछि ललितपुर महानगरकाका उप प्रमुख मञ्जली शाक्य बज्राचार्यको साथमा अनुगमन समिति , जिल्ला प्रशासन कार्यालय , राष्ट्रिय उपभोक्त मञ्च , उद्योग वाणिज्य संघ , ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठ र नगर प्रहरी बल सहितको टिमले बजार अनुगम गरेको हो ।

ललितपुर महानगरपालिकाका उप प्रमुख एवम् अनुगमन समितिको अध्यक्ष मञ्जली शाक्य बज्राचार्यले विक्रेताहरुले कुनै पनि सामानहरु बेच्दा खेरी उपभोक्ताहरुलाई मध्य नजर गरेर मिति , सरसफाइ देखी लिएर सबै कुराममा ध्यान दिनको लागि आग्रह गर्नुभयो ।अनुगमको क्रममा खराब फलफुलहरुको जुस बिक्री , सर सफाईमा कमि , खाने कुरामा साङ्लाहरु फेला परेको हुँदा पाँच हजार देखि बीस हजार सम्म जरिवाना गरेको बताउँदै एक हप्ता भित्र बिक्रेताहरुले सुधार नगरेको खण्डमा पसल नै सिल हुने चेतावनी दिनुभयो ।

ललितपुर उद्योग वाणिज्य संघका कार्य समिति सदस्य एवम् वाणिज्य तथा आपूर्ति संघको संयोजक महेस श्रेष्ठले व्यवसाय संचालन गर्दा के के कागजपत्र चाहिन्छ र कस्तो खालको मापदण्ड पूरा गर्नुपर्छ भनेर उद्योग वाणिज्य संघबाट पनि विशेष रुपमा व्यवसायहरुलाई परिपत्र पठाउने गरेको जानकारी गराउँनुभयो ।

ललितपुर महानगरपालिका अनुगमन समितिको सचीव खगेन्द्र अवस्तीले महानगरको अनुगमन समितिले यो भन्दा अगाडि बजार अनुगम गर्दा खेरी केही मात्रमा भए पनि सुधार हुँदै गएको बताउँनुभयो । अनुगमन समितिले उपभोक्ताहरुलाई स्वच्छ पदार्थ खान सक्ने वातावरणको सिर्जना गर्ने प्रतिबद्धता गर्नुभयो ।

अनुगमन गर्ने क्रममा व्यवसायीहरुले कर तिरेको छ या छैन पनि हेरिएको थियो ।

ललितपुर महानगरपालिकाले पहिलो दिन (सोमबार ) पुल्चोक देखि धौउगल र दोस्रो दिन पाटन ढोका देखि सानेपा सम्म अनुगमन गरेको थियो ।