सेयर बजारले २ महिनापछि २१ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २३.९४ अंक बढेसँगै २११५ अंकमा पुगेको हो ।

कारोबार भइरहँदा भने अघिल्लो दिन सोमबार २१२१ अंकसम्म पुगेको थियो । आज नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ ।अघिल्लो दिन ५ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडमा सीमित भयो । १९४ कम्पनीको मूल्य बढ्दा ४३ को घट्यो, ९ को स्थिर रह्यो ।विकास बैंक र अन्यबाहेक सबै समूहका सूचक बढे । विकास बैंक ०.२९ र ब्यापार ०.५३ प्रतिशत घटे । फाइनान्स समूह सबैभन्दा धेरै ३.५५ प्रतिशत बढ्यो । बैंकिङ १.७७, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर २.१६, लगानी ०.९१, जीवन बीमा ०.१८, उत्पादन ०.१६, माइक्रोफाइनान्स १.४७, निर्जीवन बीमा ०.२७ र अन्य ०.४१ प्रतिशत घटे ।

पाँथ कम्पनी जानाकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्त र मध्यभोटेकोशीको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन लघुवित्त र इस्टर्न हाइड्रोपावरको ९.७ प्रतिशत मूल्य बढ्यो ।