पिनाकल कलेजका प्रिन्स दाहाल २०२४ को फ्रान्स ओलिम्पिक्स ब्याडमिन्टन खेलका लागि छनोट हुने पहिलो नेपाली खेलाडी हुन सफल भएको हुँदा बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

पहिलो नेपाली युवा स्टार ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल ओलिम्पिक्समा सहभागी जनाउने हुँदा पिनाकल कलेजले सम्मान गरेको हो ।उनी पिनाकल एकेडेमी कलेजमा अध्ययनरत विद्यार्थी भएको हुँदा कलेजले सम्मान गरेको हो ।नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले जुलाईमा हुने प्यारिस ओलिम्पिक्समा सहभागी जनाउने भएका छन् ।दार्चुलामा जन्मेका २० वर्षका उनी ओलिम्पिक्स खेल्ने पहिलो नेपाली युवा स्टार ब्याडमिन्टन खेलाडी समेत हुन् ।

पिनाकल एकेडेमी कलेजका प्राध्यापक ऋषि तिवारीले प्यारिस ओलिम्पिक्समा खेल खेल्नको लागि छनोट भएको हुँदा पिनाकल कलेजको मात्र नभए नेपालको गौरवको विषय भएको हुँदा उनलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्दै प्रिन्सलाई शुभकामना व्यक्त गर्नुभयो ।

आफू पढेको पिनाकल एकेडेमी कलेजले सम्मान गर्दा उनी ज्यादै खुशी भएका छन् । आफू सानो उमेर देखि खेल प्रती रुचि भएको प्रिन्स दाहालले बताए ।

नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी पनि हो ।विश्व ब्याडमिन्टनको जुनियर वरियतामा प्रिन्स सातौं स्थानमा छन्, जुन नेपालको युवा ब्याडमिन्टन खेलाडीले अहिलेसम्म प्राप्त गरेको ठूलो उपलब्धी हो ।ब्याडमिन्टन एसियाले हरेक हप्ता एसिया क्षेत्रका उत्कृष्ट खेलाडीको लेख सार्वजनिक गर्दछ । त्यसैअन्तर्गत यो साता नेपालका प्रिन्सको आलेख सार्वजनिक गरेको थियोे ।

प्रिन्सले जुनियर स्तरमा दुई अन्तर्राष्ट्रिय उपाधि जितिसकेका छन् भने अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलेका छन् ।प्रिन्सले युएईमा हुँदै आएको दुबई जुनियर इन्टरनेसनल च्याम्पियनसिपमा दुई फरक उमेर समूहमा उपाधि जितिसकेका छन् । उनले नेपालमा र विदेशमा गरी दर्जनौं प्रतियोगितामा पदक जितिसकेका छन् ।

प्रिन्स दाहाल
प्रिन्स दाहाल (जन्म १९ जुन, २००४) दार्चुलामा जन्मेका हुन् ।उनले २०१८ को दुबई अन्तर्राष्ट्रिय जुनियर सिरिज जितेका थिए। उनी मार्च २०२० मा विश्व जुनियर वरियतामा विश्व नम्बर सातौंको करियरको उच्च स्थानमा पुगेका थिए। 2022 मा, उनी विश्वको नम्बर एक जुनियर खेलाडीमा परेका थिए। २०१९ दक्षिण एसिया अन्डर २१ च्याम्पियनसिपमा उनले रजत पदक जिते। उनले २०१८ को दुबई अन्तर्राष्ट्रिय जुनियर सिरिज जि