दिल्लीको बाल अस्पतालमा आगलागीः ७ नवजात शिशुको मृत्यु, १२ जनाको सकुशल उद्धार
भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ ।
शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस्तै आगलागीमा परेर घाइते भएका ५ जना नवजात शिशुकाे अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १२ जना नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ ।कुनै निजी बस्तीको क्षेत्रबाट आगो उठेको बताइएको छ ।
आगलागीको कारण अहिलेसम्म नखुलेको अधिकारीहरूले जनाएका छन् ।