राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा कांग्रेसको विरोध औचित्यहीन भएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै वाग्लले संसद्‌मा कांग्रेसले गरिरहेको अवरोधलाई औचित्यहीन भएको बताएका हुन् ।नेपाली कांग्रेसले सहकारीको विषयलाई उठाएर समाधानभन्दा पनि संसद्को ओझ, गरिमा असान्दर्भिक बनाउने कदममा गएको आरोप वाग्लेले लगाए ।‘६५ वर्ष अगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, हामी सबैका प्रेरणा बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्‍याउने लज्जास्पद र औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ,’ वाग्लेले भने ।

कांग्रेस व्यक्ति केन्द्रित भएर खराब नजिर बनाउनेतिर लागेको वाग्लेले बताए ।