नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जेठ १५ गते कांग्रेसले संसदमा विरोध गरे पनि अर्थमन्त्रीले संसदबाट नै बजेट भाषण गर्ने बताएका छन् ।

संविधान बमोजिम जेठ १५ गते संसदबाट बजेट ल्याउनुपर्ने प्रावधान रहेको बताए । उनले संविधानले दिएको व्यवस्थालाई सरकारले अवमूल्यन गर्न नमिल्ने भन्दै १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेको बताए । उनले नेपाली कांग्रेसले उठाएको विषयमा सरकार सकारात्मक रहेको बताए । उनले नेपाली कांग्रेसले बजेट ल्याउनका लागि सहयोग गर्नुपर्ने बताए । उनले कांग्रेसले संसदको अवरोध राखे पनि सरकारले बजेट अन्य बाटोबाट भन्दा पनि संसदभित्रबाट ल्याउने बताए । 

सरकारले प्रमुख प्रतिपक्षलाई पेल्न नखोजेको भन्दै सहमतिमा ल्याउन खाजेको बताए । उनले प्रमुख प्रतिपक्षले भनेका सबै विषय वस्तुहरुलाई स्वीकार गर्न तयार रहेको बताए ।