सिराहामा सहकारीहरूको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको छ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लहान तथा नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल विक्रीवितरणका लागि नगरपालिकाबाट सिफारिस लिएका सहकारीहरूको मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको हो ।स्थानीय नगरपालिका तथा गाउँपालिकाहरूले नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल किसानलाई सहजरुपमा उपलब्ध गराउन सिफारिस गरिएका सहकारीहरू तथा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लहानको कर्मचारीहरूकै मिलोमतोमा रासायनिक मलमा व्यापक कालोबजारी हुने गरेको पाइएको थियो ।

सिरहामा नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल कालोबजारी गरी बिक्रीवितरण गर्ने एक एग्रोभेट पसलमा सोमबार इलाका प्रहरी कार्यालयले सिल गरेको छ । उपभोक्ताको गुनासो आउनेबित्तिकै जिल्ला प्रशासन कार्यालय सिरहाको निर्देशनमा खटिएको प्रहरी टोलीले गोलबजार ४ स्थितको ममता एग्रोभेटको गोदाममा छापा मार्दा ६७ बोरा अवैध मल भेटिएपछि उक्त मलसहित गोदामलाई सिल गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रशासन कार्यालयको निर्देशन र स्थानीय किसानले महंगो मूल्यमा मल बेचविखन गरेको गुनासो गरेपछि प्रहरीले ५६ बोरा डिएपी र ११ बोरा युरिया मल बरामद गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले बताए।