ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सात अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ।

उपप्रमुख मञ्जली शाक्यले सोमबार नगरसभाको पाँचाैँ अधिवेशनको तेस्रो बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँबराबरको आयव्यय विवरण प्रस्तुत गरेकी हुन्।

यो बजेट चालू आवको भन्दा १५ प्रतिशत बढी रहेको उपमेयर शाक्यले बताइन्। चालू आवमा महानगरले ६ अर्ब ५० करोड पाँच लाख ८८ हजारबराबरको बजेट ल्याएको थियो।