गृहमन्त्री लामिछानेलाई धम्कीको राजनीति नगर्न जितजंग बस्नेकाे चेतावनी


काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत जितजंग बस्नेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन् ।
आज राष्ट्रिय सभाको बैठकमा उनले गृहमन्त्री लामिछानेले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभई फाइल भए खोल्न आग्रह गरेका हुन् ।
उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौँ । चाँडोभन्दा चाँडो सरकारले निकास दिनुपर्यो । चाँडोभन्दा चाँडो सरकारमा जान चाहन्छौँ । यो स्पष्ट कुरा हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौँ। खोलौँ न सबै फाइल खोलौँ। तपाईंहरुसँग प्रहरी प्रशासन छ, हामी तयार छौँ। फाइल खोल्ने धम्की नदिऔँ। ब्ल्याकमेलिङको राजनीतिक नगरौँ। कांग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, केके खोल्ने हो खोलिन्छन्।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले दुवैतिरको बल आफैँ खेल्छु भन्ने सोचेपछि अहिलेको परिणम आएको बताए ।