पहिरोले ललितपुरको कान्ति लोकपथ अवरुद्ध


काठमाडौं । ललितपुरको बागमती गाउँपालिका-३ स्थित कान्ति लोकपथको कार्कीबास भन्ने ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
आज बिहान पहिरो खसेर बाटो अवरुद्ध भएको प्रहरीले बताएको हो । पहिरो खस्दा मानवीय क्षति भने भएको छैन ।
बाटो खुलाउन डोजर पठाइएको छ ।