जिल्ला व्यापी खुल्ला दौड प्रतियोगिता आशिष सुनुवार र उर्मिला घिमिरे प्रथम( भिडियो सहित )


ललितपुर – दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ : नव प्रवर्तन र उद्यमशिलतामा हरित सीप विकास भन्ने मुल नारको साथ अन्तरास्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला युवा समिति ललितपुरको आयोजनामा जिल्ला व्यापी खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला युवा समिति ललितपुरको आयोजनामा शुक्रवार भएको ५ किलो मिटर जिल्ला व्यापी खुल्ला दौड प्रतियोगिता पुरुषतर्फ आशिष सुनुवार विजय भएका छ्न भने महिला तर्फ उर्मिला घिमिरे प्रथम भएकि छिन् ।

खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फको दौडमा १३ मिनेट ३९ सेकेन्डमा दुरि पार गर्दै आशिष सुनुवार विजय भएका हुन् । त्यस्तै राकेश महर्जन १३ मिनेट ४९ सेकेन्डको दौडमा द्वितीय भए भने सुरेन लिम्बू १४ मिनेट ७ सेकेन्डको दौडमा तृतीय भएका छन् । महिला तर्फको दौडमा उर्मिला घिमिरेले २८ मिनेट १७ सेकेन्डकको दौडमा विजय भएकी हुन् ।
खुल्ला दौड प्रतियोगितामा जम्मा २०० जनाले सहभागी जनाएका थिए । पुरुष तर्फ पहिलो हुनेलाई जनही पन्ध्र हजार , दोस्रो हुनेलाई दस हजार र तेस्रो हुनेलाई पाँच हजार नगद प्राप्त गरेका छन् भने महिला तर्फ प्रथम हुनेलाई पाँच हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका सह महामन्त्री जीवन परियारले कार्यक्रमको उद्घाटन गर्दै खेलले मानिसहरुलाई शारीरिक मानसिक र स्वास्थ्य रहनको लागि मद्दत पुग्ने हुँदा खेलकुदअति आवश्यक रहेको औलाउनुभयो ।
नेपाल ट्रेड युनियन ललितपुरका अध्यक्ष दुर्गा भन्डारीले अन्तरास्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियनलेखुल्ला दौड प्रतियोगितामा संचालन गरेकोको प्रति खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै खेलकुद प्रतियोगिताहरु गर्दै जाने प्रतिबद्ध जनाउनुभयो ।
खुल्ला दौड प्रतियोगिता कार्यक्रममा नेपाल ट्रेड युनियनको केन्द्रिय अध्यक्ष योजेन्द्र कुमार कुवर ,पुर्व अध्यक्ष खिला नाथ दाहाल तथा नेपाल ट्रेड युनियनको महासचिव अजय कुमार राईको उपस्तिथि थिए ।

कार्यक्रममा सांसद उदय शम्शेर राणा , गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन , बागती प्रदेशका उद्योग तथा सामान्य प्रशासन मन्त्री राम कृष्ण चित्रकार ,ललितपुर नेपाली कांग्रेसका सभापति जितेन्द्र कुमार श्रेष्ठ , बागमती प्रदेश सभा सदस्य माननीय मिनकृष्ण महर्जन , ललितपुर नेपाली कांग्रेसका वरिष्ठ नेता प्रमोद शर्मा , वडा नं.४ का वडा अध्यक्ष सन्तोष खड्का , ललितपुर महानगरपालिकाको नगर सभापति सुभानन्द धाग्वा, ललितपुर खेलकुद विकासको अध्यक्ष बिनोद महर्जन , बागमती गाँउपालिका अध्यक्ष वीर बहादुर लोपच्न , लगायतका ट्रेड युनियनका पदाधिकारीहरु बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम उपस्थित भएका विशिष्ट व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला युवा समितिका अध्यक्ष स्याम लामको सभापतिमा आयोजना भएको थियो ।