हौसला बढाउन एसइई पास गर्ने विद्यार्थीलाई सम्मान( भिडियो सहित )
ललितपुर ः वि.सं.२०८० सालको माध्यमिक शिक्षा परीक्षा(एसइई) उत्तीर्ण हुने विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ । ललितपुर महानगर वडा नं. १४ को वडा स्तरीय बाल अधिकार समितिको आयोजनामा उक्त सम्मान कार्यक्रम आयोजना गरिएको हो । वडा नं.१४ मा अवस्थित सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी र वडाकास्थायी बासिन्दा तर अन्यत्रको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सम्मान गरिएको थियो । ललितपुर महानगरपालिका वडा अध्यक्ष अमृत जंग महतले नेपालाई समृद्ध र समुन्नत बनाउनका लागि विद्यार्थीको क्षमता र योग्यता महत्वपूर्ण भएको बताए । अहिलेका बालबालिका र विद्यार्थीेले प्रशस्त सुविधा प्राप्त गरेको बताउँदै त्यसको सदुपयोग गर्न सुझाव दिए । . आफ्नो बाल्यकाल स्मरण गर्दै पुरस्कृत र सम्मानित विद्यार्थी पढाइसँगसँगसँग भविष्यमा आर्थिक रुपमा समृद्ध बन्न के गर्ने त्यसतर्फ अहिलेदेखि नै सोचेर अघि बढ्न सुझाव दिए ।वडा स्तरीय बालअधिकार समितिकी संयोजक एवम वडा सदस्य संगीता अछामीले विद्यार्थीलाई प्रोत्साहित गर्न सम्मान कार्यक्रम आयोजना गरेको बताइन् । सम्मान कार्यक्रम आयोजना गर्न समितिसँग समन्वय र सहकार्य गरेकोमा बालक्लबहरुलाई उनले धन्यवाद दिइन् । ।समितिले वडाभित्र रहेका बालबालिकाको अवस्था बुझ् सामुदायिक र संस्थागत विद्यालय र वडाभित्रका विद्यालयका अनुगमन गरिरहेको बताइन् । वडा सदसय सहनशीला कार्की विद्यार्थीलाई आँट हौसला दिन यो कार्यक्रम आयोजना गरेको बताइन् । पढाईसँगसँग अतिरिक्त क्रियाकलाप पनि अत्यावश्यक भएको बताउँदै सँगसँगै अघि बढाउन अनुरोध गरिन् ।संस्कार जीवनको महत्वपूर्ण गहना भएको बताउदै सम्पूर्ण विद्यार्थीको उज्जवल भविष्यको कामना गरिन्।सम्मानित विद्यार्थीले हौसला बढाउन सम्मान गरेकोमा बालअधिकार समिति र वडा कार्यालयलाई धन्यवाद दिएका थिए ।