ललितपुर/ २ मङ्सिर : ललितपुरको महालक्ष्मी नगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत एक हजार पाँच सय विद्यार्थीलाई कानुनी सचेतना अभिमुखीकरण सुरुवात गरेको छ । नगरपालिकाले सभ्य र सुसंस्कारयुक्त समाज निर्माणका लागि युवा, किसाेरकिसारीलाई लक्षित गरेर विद्यालयस्तरीय कानुनी सचेतना तथा सकरात्मक साेच सम्बन्धी अभिमुखीकरणकाे सुरुवात गरेकाे जनाइएको छ। नगरप्रमुख हरिगाेविन्द श्रेष्ठले नगरपालिकाद्वारा आज आइतबार यहाँ आयाेजित विद्यालयस्तरीय कानुनी सचेतना तथा सकरात्मक साेच सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै युवा वर्ग र किसाेरकिसाेरीहरुले कानूनी रुपमा सानातिना कुरा नबुझ्दा समस्या आउने हुँदा त्यस्ता समस्या आउन नदिनका लागि सचेततना फैल्याउन कार्यक्रम आयाेजना गरिएको बताउनुभयो । “सानातिन कुराहरु पनि अदालतसम्म पुगेर समाधान गर्नुपर्ने समस्या नआउन भनेर याे कार्यक्रम राखिएको छ, भविष्यका सचेत र सभ्य नागरिक तयार गर्नका लागि अहिलेका युवाहरुलाई  कानूनी अभिमुखीकरण र सकरात्मक साेचकाे भावनाका बारेमा अभिमुखीकरण गर्नु आवश्यक भयाे।” उहाँले भन्नुभयो । उपप्रमुख एवम् न्यायिक समिति संयाेजक लक्ष्मी महर्जनले युवाहरुलाई विद्यालय तहमन नै देशकाे कानूनी कुरा र स्थानीय तहका गतिविधि र कानूनका बिषयमा जानकारी गराउनुपर्ने आवश्यक देखिएकाेले याे कार्यक्रम तय गरिएको वताउनुभयाे। “आजदेखि १३ गतेसम्म अभिमुखीकरण कार्यक्रम सञ्चालन हुन्छ, आज ६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई अभिमुखीकरण हुनेछ, भाेलीदेखि सबै विद्यालयमा पुगेर याे कार्यक्रम सञ्चालन गरिन्छ।” उपप्रमुख महर्जनले भन्नुभयाे ।उहाँले यस्ता कार्यक्रमबाट विद्यार्थीहरुले कानूनी कुरा कति महत्त्वपूर्ण हुनेछ भन्ने जानकारी प्राप्त गर्ने बताउनुभयो । “सिकाई र व्यवहारिक भाेगाईबाट ज्ञान प्राप्त हुन्छ, सिकेका कुरा समाजमा अरुलाई पनि सिकाउन आग्रह गर्न चाहान्छु, थाहा पाएर वा नपाएर दुर्व्यवसनमा फस्ने युवाहरुलाई सचेत गराउँदै त्यसवाट राेक्ने कामका लागि याे महत्त्वपूर्ण हुन्छ ।” उपप्रमुख महर्जनले भन्नुभयाे। प्रमुख प्रशाशकीय अधिकृत प्रदीप पाैडेलले उच्चमाध्यमिक तहका विद्यार्थीहरुलाई यसरी कानूनी साक्षरता सम्बन्धी जानकारी पाउने अवसर पाउनु महत्त्वपूर्ण भएको भन्दै यस कार्यक्रमले नेपाली नागरिकको हैसियत देशकाे सबै कानूनकाे बारेमा प्रष्ट हुने वताउनुभयाे। “कानून निर्माणका प्रक्रिया र पालन गर्नुपर्ने कुराहरुका बारेमा हासिल हुने ज्ञानले सभ्य समाज निर्माण गर्न सहयाेग पुग्नेछ।” उहाँले भन्नुभयो । वडा नं. ५ का अध्यक्ष एवम् न्यायिय समिति सदस्य कपिल के.सी.ले स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहमा न्यायिक समिति रहने र कानूनका विषयमा स्थानीय नागरिकहरुलाई जानकारी दिंदै जिम्मेवार नागरिक बनाउने अभिप्राय याे कार्यक्रमकाे रहेकाे बताउनुभयो । फाैजदारी अपराध र देवयानी अपराधका विषयमा विद्यार्थीहरुलाई जानकारी दिएर वालिग हुनु अगाडि नै सचेत गराइ ज्ञान दिलाउने अभिप्रायका साथ कार्यक्रम गरिएको उहाँले जानकारी गराउनुभयाे । जिल्ला समन्वय समिति सदस्य शाेभा महर्जनले यश कार्यक्रममा सिकेका कुराहरु व्यवहारिक जीवनमा लागू हुने विश्वास व्यक्त गर्नुभयाे। वडा नं. ६ का अध्यक्ष धर्म महर्जन,सिद्धी मंगल माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा नगर शिक्षा समिति सदस्य मीन बहादुर अच्छामीलगायतले  यस कार्यक्रमबाट देशकाे संविधान ऐन, नियमका साथै माैजुदा कानूनकाे बारेमा जानकारी हुने, नगरपालिकाले गर्ने न्याय सम्पादन प्रक्रियाका बारेमा जानकारी हुने, सकरात्मक साेच र व्यवहारकाे विकास हुने विश्वास व्यक्त गर्नुभयाे। —