ललितपुर÷१२ मंसिरः पाटन दरवार क्षेत्रमा डिजिटल माध्यामबाट सम्पदा संरक्षण र प्रवद्र्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुर महानगरपालिकाको उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिले कहाँ इन्कोर्पोरेसनसंगको समन्वय र सहकार्यमा आज बुधबार पाटन दरवार क्षेत्रका ४५ जना कर्मचारीहरुलाई डिजिटल अभिमुखीकरण सम्पन्न गरेको हो । ललितपुर महानगरपालिकाले कहाँ इन्कोर्पोरेसनसंगको समन्वयमा गत आर्थिक वर्षमा पाटन दरवार संग्राहलय र महानगरभित्रका एक सय वटा सम्पदहरुको डिजिटल अभिलेख तयार पारिएको कहाँ इन्कोर्पोरेसन प्रा.लिका उपप्रमुख कार्यकारी अधिकृत रबिन्द्र घिमिरेले जानकारी दिनुभयो ।
‘‘हामीले महानगर र पाटन दरवार संग्रालयसंगको सहकार्यमा गत वर्ष सम्पदा क्षेत्रमा देखिने गरी ‘क्यूआर कोड’ टाँस गरेका हांै । यो योजनामा सम्पदा क्षेत्रमा आउने पर्यटकहरुलाई सम्पदाको बारेमा सही र प्रमाणित जानकारी दिन सहज होस् भन्ने ध्येयका साथ काम गरेका हौं । यहाँका ऐतिहासिक जानकारी, धार्मिक महत्व, यहाँका गतिविधिहरुको बारेमा डिजिटल अभिलेख गरिएको छ, सो कुरा पर्यटकले ‘क्यूआर स्क्यान’ गरेर सहजै हेर्न र बुझ्न सक्छन् ।’’ उहाँले भन्नुभयो ।
पाटन दरवार संग्राहलयका कार्यकारी निर्देशक मञ्जु सिंह भण्डारीले पर्यटकहरुले दरवार क्षेत्रका कुनै पनि कर्मचारीको सहयोग विना नै सम्पदाको बारेमा सहजै जानकारी पाउन सक्ने भएकोले यो महत्वपूर्ण कार्य भएको बताउनुभयो ।
‘‘ललितपुर महानगरपालिकाले गरेको यो काम सराहनीय छ, पाटन दरवार संग्राहलयले गर्नुपर्ने काम महानगरले गरेर ठूलो योगदान पु¥याएको छ, यसका लागि दरवार हेरचाह कार्यालय र पाटन दरवार संग्रालयको तर्फबाट धन्यवाद दिन चाहान्छु ।’’ निर्देशक भण्डारीले भन्नुभयो ।
उहाँले सम्पदा क्षेत्रमा देखिने गरी राखेको ‘क्यूआर कोड’ विदेशी पर्यटकका लागि मात्रै नभई नेपाली पर्यटकहरुलाई समेत उपयोगी हुने बताउनुभयो । एउटा मात्रै भाषामा नभई पाँच वटा भाषामा अभिलेख गरिएका जानकारीहरुले पर्यटनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाई रहेको छ । उहाँले यो कार्यलाई ललितपुर महानगरभित्र मात्रै सीमित नगरी ललितपुरका दक्षिणी भेगमा रहेका सम्पदा क्षेत्रमा समेत लागू गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुर्खाले संरक्षण गरेर राखेको सम्पदालाई जस्ताकोतस्तै संरक्षण गरेर राख्दै भावी पुस्तालाई हस्तान्तरण गर्न यो कार्य अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो ।

ललितपुर महानगरपालिकाको उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक एवम् वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठले यो कार्यले सम्पदा क्षेत्रको मुख्य जानकारीका साथै यसको गरिमा र महत्वलाई उजागर गर्न उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
‘‘यो अत्यन्तै महत्वपूर्ण कार्य भएको छ, पहिलो चरणको काम सम्पन्न भएको छ, दोस्रो चरणमा थप सम्पदाहरुको डिजिटल अभिलेखीकरण र ‘क्यूआर कोड’ टाँस गर्ने कामलाई अगाडि बढाउन लागिरहेका छौं, यसमा विभिन्न पाँच वटा भाषबाट पढ्ने र सुन्ने व्यवस्था गरिएको छ, यो प्रभावकारी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ।’’ श्रेष्ठले भन्नुभयो ।
अध्यक्ष श्रेष्ठले ललितपुर महानगरपालिकाभित्र कति सम्पदा छन्?, कुनकुन सम्पदा छन् भन्ने जानकारी डिजिटल माध्यमबाट जानकारी दिएर पर्यटकको जिज्ञासा र चासोलाई सम्बोधन गर्न प्रयास गरेका हौं भन्नुभयो । उहाँले यो एप प्रभावकारी हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा वडा नं. ६ का अध्यक्ष रुपेन्द्रराज शाक्य, पाटन दरवार संग्राहलयका अधिकृत सुरेश लाखे, महानगरपालिकाका अभिकृत ज्ञानेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कहाँ इन्कोर्पोरेसनका उपप्रमुख कार्यकारी अधिकृत रबिन्द्र घिमिरे, प्राविधिक विशेषज्ञ बिशाल श्रेष्ठ र मृदुष्शिता शर्माले एपको उपयोग, प्रभावकारिता र तथ्याङ्कहरुको व्यवस्थाका बारेमा अभिमुखीकरण गर्नुभएको थियो ।