ललितपुर – ललितपुर महानगरपालिका वडा नं.५ ले हाल फैलिरहेको आँखा पाक्ने रोग र डेंगु सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरेको छ ।

ललितपुर महानगरपालिका जनस्वास्थ्य शाखाको कर्मचारी एवम् ललितपुर महानगरपालिका वडा नं .५ को स्वास्थ्य कार्यवन्य समितिको फोकल पर्सन सानू माया डंगोलले हाल देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग र डेंगु सम्बन्धि कसरी बच्ने र कस्ता लक्ष्यण देखा पर्छ लगायतको विषयमा वडाबासीहरुलाई जानकारी दिनुभयो ।

डेंगुबाट बच्नको लागि पूरा बहुला भएको लुगा लगाउने र सुत्दा खेरी झुलको प्रयोग गर्नको लागि आग्रह गर्दै
आँखा पाकेको बिरामीहरु बाहिर तिर निसकियो भने अरुलाई पनि सर्ने बढी सम्भावना हुने हुँदा बाहिर ननिस्कनको लागि सुझाव दिनुभयो ।आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउँनुपर्ने बताँउनुभयो ।

आँखा पाक्ने रोग र डेंगु सम्बन्धी जनचेतना मुलक कार्यक्रममामा ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठ , वडा सदस्य शोभा देवि प्रदान श्रेष्ठ , मञ्जु रिजाल , असोक कुमार श्रेष्ठ , पुर्नम निरौला लगायत अन्य विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

फैलियो आँखा पाक्ने रोग, कसरी बच्ने ?

मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने आदि हुन् । ‘यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । यसले दीर्घकालीन असर भने गर्दैन । तर, कसैमा संक्रमण फैलिएर आँखाको नानीमा जान सक्छ भने आँखाको नानीमा संक्रमण भएमा घाउ हुने सम्भावना बढी हुन्छ ।

आँखाको नानीमा असर गर्दा घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै गाह्रो हुन्छ । आँखाको नानीमा दाग तथा फुलो बस्ने समस्या पनि रहन सक्छ । चिकित्सकका अनुसार समयमै उपचार गरे यो रोग सजिलै निको हुन्छ । आँखा पाक्ने रोग देखिएपछि एक देखि दुई हप्तामा आफैं कम हुँदै जान्छ । कसै–कसैमा लामो समयसम्म पनि रहन सक्छ ।


‘बिहान उठ्दा आँखाका परेला टाँसिन सक्छ र, अरु बेला भन्दा अलि धेरै कचेरा वा चिप्रा लाग्ने समस्या पनि हुन्छ । कचेरा वा चिप्राचाहिँ कसैकसैमा एकदम तरल पानीजस्तो हुन्छ भने कसैकसैमा पिपजस्तो पहेँलो पनि हुन्छ कसैकसैमा चाहिँ रेशाजस्तो तन्किने खालको पनि हुनसक्छ ।

कसलाई बढी जोखिम ?
आँखा पाक्ने समस्या जोसुकैलाई देखिन सक्छ । किनकी, एडिनो भाइरस बढी संक्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलैसँग सर्न सक्छ ।

विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । सजिलै सर्ने भएकाले यसले घरको सबै सदस्यलाई संक्रमित पनि गराउन सक्छ । तर आँखा पाकेको मानिसमा हेर्दैमा रोग सर्दैन । आँखा पाक्ने रोग आँसुबाट मात्रै सर्दछ

कसरी बच्ने ?
संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । ‘आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो । त्यसकारण पाकेको आँखा छुन हुँदैन । छोइहाले पनि हातलाई साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।

आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउन गर्नुपर्छ । त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा हाल्नुपर्ने पर्दछ । त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ ।घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ । एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्न भने हुँदैन ।आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । आँखा पाक्ने रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्नुपर्दछ ।

डेंगिको परिचय

डेंगी ज्वरो अरु मौसमी ज्वरो जस्तै हो डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्दछ ।एडिज जातको लामखुट्टेले प्राय गरेर दिनमा टोक्दछ, यद्यपी घाम उदाएको २ घण्टा पछाडी र घाम अस्ताउनु भन्दा २ घण्टा अगाडी यो लामखुट्टे बढी सक्रिय हुने गर्दछ ।एडिज लामखुट्टेले टिनका डब्बाहरु, प्लास्टिकका बोतल, फुलदानी, पानीका ट्यांकी जमेको पानीमा फूल पारी लामखुट्टेको वृद्धि विकास हुने गर्दछ ।

डेंगिका लक्षणहरु

एक्कासी उच्च ज्वरो आउने ,बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुखने,हाडजोर्नी र मांसपेशीहरु र ढाड दुख्ने,शरीरमा बिबिरा आउने रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्ष्ण देखा पर्दछ ।

बच्ने उपाय
विहान, दिउँसो, राति जुनसुकै बेला झुल लगाएर मात्रै सुत्ने,पुरा बाहुला भएको पूरा शरीर ढाक्ने लुगा लगाउने, शरीरका खुल्ला भागमा लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने, लामखुट्टे भगाउने धपाउने धुप बाल्ने