अनेकौं केरमेटपछि अन्ततः बीआरआई सहकार्य फ्रेमवर्क
अनेकौं केरमेटपछि अन्ततः बीआरआई सहकार्य फ्रेमवर्क
तस्वीर : प्रधानमन्त्रीको सचिवालय
१९ मंसिर, काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो भेटवार्ता गर्दासम्म नेपाल–चीन बीआरआई सहकार्य फ्रेमवर्क समझदारीका लागि तयार थिएनन् । भेटवार्तामा, अनि भेटपछि जारी नौबुँदे सहमति र समझदारीपत्रमा बीआरआई फ्रेमवर्कको कुनै संकेत थिएन । भेटलगत्तै हुने भनी निर्धारित बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर कार्यक्रम समेत स्थगित गरियो ।
अनि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ओलीले गरेको भेटवार्ता त शिष्टाचारमा सीमित भइहाल्यो । नेपाली र चिनियाँ पक्षले सार्वजनिक गरेका कुनै पनि तस्बिरमा सी ओलीसँग खुलस्त देखिएका थिएनन् ।
यसरी हेर्दा प्रधानमन्त्री ओलीको उत्तरयात्राको औचित्यमै प्रश्न उठ्ने हो कि भनी आशंका भएका थिए । ओली आफैं पनि बुधबार पेकिङ विश्वविद्यालयको नयाँ जनवादी मन्तव्यतिर लक्षित थिए ।
त्यसपछि केही नियमित भ्रमण सूचीमात्रै थिए ।