सुमनाले देखेका शिक्षा सुधार्ने १२ आधार
सुमनाले देखेका शिक्षा सुधार्ने १२ आधार
सुमना श्रेष्ठ/फाइल तस्वीर
२० मंसिर, काठमाडौं । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा एक वर्षदेखि विचाराधीन छ । विद्यालय शिक्षा विधेयक कुन सरकार मातहत रहने, कुन तहको सरकारको भूमिका के हुने, शिक्षाको गुणस्तर कसरी उकास्ने लगायतका विषयमा राजनीतिक दलहरूका आ–आफ्ना मत रहँदै आएका छन् ।
२५ असोज २०८० देखि संसदमा विधेयक दर्ता भए लगत्तै शिक्षकहरूको आन्दोलन गरेका थिए । उनीहरूसँग सरकारले सहमति गरेको थियो । तर, विधेयक कसरी अगाडि बढाउने भन्नेमा संसदले निचोड निकाल्न सकिरहेको छैन ।
तथापि, विधेयकमाथि रहेका विषयमाथि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले छलफल गरिरहेको छ । समिति सभापति अम्मबहादुर थापाका अनुसार विधेयकमाथि सांसदहरूले १५२ समूहमा एक हजार ७५८ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । संशोधनकर्ता सांसदहरुसँग छलफल सकिएको छ । अब विधेयकमाथि दफावार छलफल सुरु गर्ने तयारी छ ।
यसअन्तर्गत बुधबार समितिले बैठक बसेको थियो । उक्त बैठकमा लिँदै पूर्वशिक्षा मन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक सहमतिमा टुंग्याउने र नेपालको शैक्षिक गुणस्तर विभिन्न आधार प्रस्तुत गरेकी छन् ।