पुल्चोकमा अन्तरकलेज बास्केटबलको उद्घाटन
काठमाडौँ – पुल्चोक इन्जिनियरिङ कलेजमा अन्तरकलेज बास्केटबल प्रतियोगिताको उद्घाटन गरिएको छ।
नेविसंघको आयोजनामा सुरु हुन लागेको प्रतियोगितालाई नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।
पहिलो ‘एनएसयु ओपन बास्केटबल’ प्रतियोगिताको नामबाट सञ्चालन हुन लागेको प्रतियोगितामा काठमान्डौंका विभिन्न इन्जिनियरिङ क्याम्पसका २४ टिमको सहभागिता रहने बताइएको छ।