मेयर कप भेट्रान फुटबल हुने
कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता पुस २२ देखि हुने भएको छ ।
प्रतियोगितामा २२ टिमले सहभागिता निश्चित गरिसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी गराए । ३२ को संख्यामा टिम सहभागी हुने आयोजकको अपेक्षा छ ।
सहभागी टिमको दर्ता शुल्क १० हजार तोकिएको छ । काठमाडौंबाहिरबाट सहभागी हुने टिमलाई भने शुल्क लाग्ने छैन ।
एट ए साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी समावेश गर्नु पर्नेछ ।
विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र म्यान अफ द सिरिजलाई जनही ५ हजार पुरस्कृत गरिने छ ।तियोगिता सञ्चालन गर्न करिब १६ लाख खर्च हुने आयोजकले जनाएको छ । आयोजक वडाले ५ लाख रुपैयाँ उपलब्ध गराएको जानकारी दिइयो । पुस २९ सम्म चल्ने प्रतियोगिताका खेल जावलाखेल मैदानमा खेलाइने छ । गत संस्करण कुपण्डोलले जितेको थियो ।