कुम्भेश्वर-बंगलामुखी मन्दिरमा जनै फेर्ने र धागो बाँध्नेको भीड ( दृश्य सहित)


ललितपुर – जनैपूर्णिमाको अवसरमा कुम्भेश्वर पोखरीमा महादेवलाई राख्ने चलनअनुसार ललितपुरको कुम्भेश्वरमा मेला लागेको छ ।
बुधबार राती महादेवको मूर्ति मन्दिरबाट पोखरीमा राखिएको थियो । कुम्भेश्वर मन्दिर परिसरमा रहेको गोसाईकुण्डको जल प्रवाह भइरहेको मानिने करिब ३ फिट ब्यास र ३ फिट जति नै गहिराईको यही कुण्डको पानी जमेको पोखरीको बीचमा महादेवको मूर्ति राख्ने गरिन्छ ।
पूजा गर्न भक्तजनका लागि पुल समेत निर्माण गरिएको हुन्छ भने यो पोखरीमा स्नान गर्नेहरुको संख्या पनि उल्लेख्य देखिन्छ । मेला भर्न गएका भक्तजनहरु आ–आफ्नो धार्मिक मान्यता अनुसार रक्षा वन्धन बाँध्ने, जनै फेर्ने गर्दछन् ।
जनैपूर्णिमाको मेला भर्न गोसाईकुण्ड पुग्न नसक्नेहरु कुम्भेश्वर आउने गर्दछन् ।