लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई मजबुत बनाउन संविधान संशोधन गर्नुपर्छ : निधी
![](https://astittwo.com/wp-content/uploads/2025/01/1735973402_bimalendra-1200x560-1.jpg)
![](https://astittwo.com/wp-content/uploads/2023/10/devine.gif)
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताएका छन्।
मधेस प्रदेशबाट नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित भएका पत्रकारहरूको सम्मानमा जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सङ्घीयतालाई थप मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी तथा प्रहरी चाँडो समायोजन हुनुपर्ने र त्यसका लागि पनि संविधान संशोधन हुनुपर्ने बताए। उनले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र औद्योगिक उन्नयनमा जोड दिनुपर्ने बताए।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं कांग्रेसका नेता रामकृष्ण यादव, मधेस प्रदेश सभा सदस्य रामसरोज यादव सहितका नेताहरूको सहभागिता रहेको थियो।