पूर्ववडा अध्यक्ष विष्णुभक्त तण्डुकारकाे १३ओैं दिनकाे स्मृतिमा श्रद्धाञ्जली सभा
ललितपुर/ २० पुस, ललितपुर महानगरपालिका वडा नं. १ कार्यालयले पूर्ववडा अध्यक्ष विष्णुभक्त तण्डुकारकाे १३ओैं दिनकाे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। वर्तमान वडा अध्यक्ष निर्मल तण्डुकारका पिता विष्णुभक्त तण्डुकारकाे ८७ वर्षको उमेरमा यही पुस ९ गते निधन भएको थियाे।
स्वर्गीय तण्डुकार २०४९ काे निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिका र २०५४ सालकाे स्थानीय निर्वाचनमा तत्कालीन ललितपुर उपमहानगरपालिकाकाे अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियाे। ललितपुर महानगर वडा नं. १ जेष्ठ नागरिक समितिका अध्यक्ष गाेपालबहादुर श्रेष्ठले दिनुभएको जानकारी अनुसार बहुदलीय व्यवस्था लागू हुनुअघि उहाँ नगर पञ्चायत रहँदा नगर सदस्य र वडा सल्लाहकार हुनुहुन्थ्यो । वि.सं. १९५४ असार ५ गते जन्मनुभएका तण्डुकारकाे यही २०८१ पौष ५ गते स्वर्गारोहण भएको थियाे । ललितपुर महानगरपालिका वडा नं. १ का सचिव मनिराज बाेगटीले पूर्ववडा अध्यक्ष स्वर्गीय तण्डुकारले एक असल जनप्रतिनिधिकाे साथसाथै समाजसेवीकाे रुपमा सकरात्मक र रचनात्मक भूमिका निर्वाह गरेको बताउनुभयो । श्रद्धाञ्जली सभामा उपभोक्ता हीत संरक्षण मञ्च ललितपुरका अध्यक्ष ध्रुवलाल तण्डुकार, वडा सदस्यहरु कृष्ण महर्जन र अञ्जना कार्की , पूर्ववडा सदस्य सुशीला सिजापतिलगायत ललितपुर महानगरपालिका वडा नं. १ का पूर्वजनप्रतिनिधिका साथै स्थानीय बुद्धिजीवी, समाजसेवी तथा नागरिक समाजका व्यक्ति तथा व्यक्तित्वहरुकाे सहभागिता रहेकाे थियाे ।