राष्ट्रिय स्वतन्त्र पार्टीका नेपाली कांग्रेसमा प्रवेश
राष्ट्रिय स्वतन्त्र पार्टीकै थुप्रै नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्न इच्छुक ललितपुर ः विभिन्न कारणले नेपाली कांग्रेससँग आबद्धता टुटेका र राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका गरी ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ललितपुर महानगर वडा नंं.१४ का माधव दवाडी, धन दवाडी,अमिर महत, शक्ति बाबा महत कुँवर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । त्यसैगरी गोदावरीका दिवाकर पोखरेल पनि नेपाल कांग्रेसमा प्रवेश गरे । उनीहरु मध्ये दुई जना दिवाकर पोखरेल र माधव दवाडीलाई नेपाली कांग्रेस ललितपुरले जिल्ला सदस्य समेत मनोनित गरेको छ । नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठले कांग्रेसमा प्रवेश गरेकाहरुलाई बधाई दिदैं सक्रिय भएर लाग्न अनुरोध गरे । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको बताउँदै लोकतन्त्रमा विश्वास गर्नेहरु सबै पार्टीमा अटाउने बताए । नेपाली कांग्रेस ललितपुर उपसभापति सुदर्शन घिमिरेले ललितपुर कांग्रेसलाई बलियो बनाउन उहाँहरुको योगदान महत्वपूर्ण हुने बताए । नेपाली कांग्रेस ललितपुर महानगर वडा नं.१४ का सभापति तथा ललितपुर महानगर वडा नंं.१४ का अध्यक्ष अमृत जंग महतले योग्य र सक्षम हुँदाहुँदै गठबन्धनका कारण निर्वाचनका बेला आवेगमा आएरहरु अहिले आफ्नै घरमा फर्केको बताए । गठबन्धनका नाममा गरिने निर्णयले पार्टीमा कार्यरत प्रतिबद्ध र मिहेनतीलाई ठेस पुगेको बताउँदै त्यसको असर पार्टी इकाइसम्म पर्ने बताए । अझै पनि वडा नं.१४मा नेपाली कांग्रेसमा प्रवेश गर्न धेरै इच्छुक रहेको बताउँदै पार्टीसँग उनीहरु विभिन्न तरीकाबाट सम्पर्कमा आएको बताए । कार्यक्रममा पार्टीका शुभेच्छुक र शुभचिन्तकको घुँइचो लागेको थियो ।