काठमाडाैँ । नेवारी परम्परामा ईहि अर्थात बेल विवाहको प्रचलन रहेको छ । आज बेल विवाह नगरेका एक सय ३८ जना कन्या कुमारीको पूजा सम्पन्न भएको छ । 

काठमाडौँ महानगरपालिका १२ वडा ह्युमतमा रहेको ह्युमत महिला समूहको आयोजनामा तेस्रो पटक आयोजना गरेको पूजामा एकसय ३८ कन्याहरूलाई बज्रयान पुजाविधि अनुसार पूजाअर्चना गरिएको थियो । 

सर्वप्रथम वसन्तपुरस्थित राजकीय कुमारीको पूजा पश्चात पूजा सुरु गरिएको थियो । पूजामा टोलका आठजना थकालीहरूको उपस्थिति रहेको थियो ।