काठमाडौं र ललितपुरमा शनिवार लोडसेडिङ


भोलि शनिवार काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा लोडसेडिङ हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकारणले शुक्रवार एउटा सूचना प्रकाशित गर्दै शनिवार बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ ।प्राधिकरणका अनुसार शनिवार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा बत्ती जानेछ ।टेकु तथा के–थ्री सबस्टेसन तथा त्यससँग सम्बन्धित स्वीचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको बिजुली बन्द हुनेछ ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।
