ललितपुर – नेपाल हस्तकला महासंघ , कला तथा शिल्प परिषद्को आयोजना एवम् ललितपुर महानगरपालिका उद्योग , पर्यटन तथा संस्कृति संरक्षण समितिको सहकार्यमा सम्पदा पद यात्रा सम्पन्न भएको छ ।

ललितपुर महानगरपालिकाका उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले मुर्त अमुर्त सम्पदाहरु जोगाई राख्यो भनी हस्तकला भित्रको विभिन्न सिपहरु पनि जोगाउन सकिने उल्लेख गर्नुभयो । कुनै पनि व्यक्तिले व्यापार , व्यवसायको लागि मात्र सामानहरु उत्पादन गर्दै गर्‍यो भनी सम्पदाको कला महत्त्वहरु बिर्सिदै जाने हुनाले हरेक वाहलहरुमा भएको सम्पदाहरु जोगाई राख्नको लागि अति आवश्यक रहेको बताउँनुभयो । अहिले निर्माण भएको अपार्टमेन्टहरु भन्दा सयौं वर्ष आगाडी बनाएको संरचना धेरै वैज्ञानिक ढंगबाट बनाएको हुँदा पुर्खाले बनाएको हरेक वस्तुहरुबाट केहि न केही सन्देश दिने हुँदा हरेक व्यक्तिले कला सम्पदाको बारेमा अध्ययन गर्नको लागि आवश्यक रहेको औलाउनुभयो ।कुनै पनि मुलुकको ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य अर्थात महत्व झल्काउने स्थल या संरचनाहरू त्यहाँका सम्पदा भएका हुँदा कलाकृति , संस्कृति संरक्षण, प्रवद्र्धन, र महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ पुस्ताहरु सम्म पुर्याउन आवश्यक रहेको बताँउनुभयो ।

उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिका सदस्य रुपेन्द्र राज शाक्यले सम्पदा पद यात्रा धेरै सान्दर्भिक रहेको हुँदा यस्तै कार्यक्रमहरुले युवा पुस्ताहरु सम्म हस्तान्तरण हुने हुँदा निरन्तर रुपमा यस्तै खालको कार्यक्रमहरु गर्दै जाने बताउँनुभयो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला महासंघले विगत ५ वर्ष अगाडि देखि सम्पदा रहित सहर भएको हुनाले कला नगरको रुपमा महानगरपालिकाको पहलमा ३५ औं कला नगरिको घोषणा भएको जानकारी गराउदै आफ्नो भनाइहरु राख्नुभयो ।

सम्पदा पद यात्रा २०८० का संयोजक उजय बज्राचार्यले
ललितपुरको कला कृतिहरु देश विदेशमा अत्याधिक प्रख्यात रहेको हुँदा कयौं विदेशी मिउजियमहरुमा कला कृतिहरु सुरक्षितसँग राखेको र विदेशी नागरिकहरु अध्यनको लागि पनि नेपालमा आउने गरेको बताउँनुभयो ।

शिल्प परिषद नेहमका उपाध्यक्ष नवीन शाक्यले ललितपुर महानगरपालिका सम्पदाले भरिपुर्ण क्षेत्र रहेको हुँदा नेपालको मौलिक कलाकृति , संस्कृति र सम्पदाको संरक्षण एवम् सम्बर्द्धन गरौं भन्ने मुख्य उदेश्यको साथ पद यात्रा कार्यक्रम राखेको बताउँदै आफ्नो भनाइहरु राख्नुभयो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले ललितपुर महानगरपालिकाका उप प्रमुख मञ्जली शाक्य बज्राचार्यलाई मायाको चिनो प्रदान गरिएको थियो भने सम्पदा पद यात्रा उपब्धित रहेको व्यक्तिलाई प्रंशास पत्र वितरण गरिएको छ ।

सम्पदा पद यात्रामा ४ जना विज्ञहरुले कलाकृतिको बारेमा पर्यटनहरुलाई जानकारी दिएका थिए । हिरण्यवर्ण महाविर क्वाबहालमा सञ्जय शाक्य , दीपावती महाविहारः गुईतः बहिलमा ज्ञानेन्द्र शाक्य , मयूरवर्ण महाविहारः भिन्छेबहालमा डा . महेश शाक्य र रुद्रवर्ण महाविहारः ओकुबहालमा डा . महेश रत्न शाक्यले सम्पदा कलाकृतिहरुको बारेमा जानकारी दिएका थिए ।

सम्पदा पद यात्रा कार्यक्रम ललितपुर महानगरपालिका वडा न्.५ का वडा अध्यक्ष एवम् उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिको संयोजक विकास मान श्रेष्ठ , ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिको सदस्यहरु , नेपाल हस्तकला महासंघका स्थापक सागर शम्शेर राणा ,नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष सुरेन्द्र भाइ शाक्य ,नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्य , ललितपुर हस्तकला संघ , Nepal Heritage Society,अक्षेश्वर महाविहार संरक्षण समितिका सदस्य लगायत अन्य विशिष्ट व्यक्तिहरु बाक्लो उपस्तिथि रहेको थियो ।