ललितपुर । ललितपुर महानगरपालिकाका बाजिगर मेयर चिरिबाबु महर्जनले मौलिक पहिचान झल्काउने ‘राधे राधे’ ज्वेलरी तथा बुटिक उद्घघाटन गरेका छन्। लगनखेल र मङ्लबजार सडक खण्डको बीच भागमा पर्ने मिननाथ टङ्लबाट बिक्री सेवा प्रारम्भ भएको राधे राधे ज्वेलर्सको मेयर महर्जनले गत शनिवार दिप प्रज्वलनका साथ रिबन एवम् केक काटेर उद्घघाटन गरेका हुन् । उदघाटनका क्रममा मेयर महर्जन सहित ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य समेतले दिप प्रज्वलन गरेका थिए।

उदघाटन कार्यक्रमलाई संबोधन गर्दै मेयर महर्जनले हस्तकलाजन्य उद्योगको प्रबर्धन गर्न राधे राधे ज्वेलर्सले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सोबाट ललितपुरको पहिचानलाई विश्वसामु उजिल्याउन सफलता हासिल गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । साथै, मेयर महर्जनलले स्थानिय स्तरमा व्यवसायिक वातावरण कायम राख्न ललितपुर महानगरपालिकाले भरमग्दुर प्रयास जारी राख्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

त्यस्तै, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले राधे राधे ज्वेलर्सकी संचालक शुभद्रा श्रेष्ठले अथक मेहनत र निरन्तरको प्रयासबाट सफलताहरु हासिल गर्दै गएको आफूले पाएको बताएका थिए। शाक्यले आगामी दिनमा समेत थप प्रगति हासिल गर्दै जान सकुन भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा राधे राधे ज्वलेर्सकी संचालक शुभद्रा श्रेष्ठले आफ्नो व्यवसायिक यात्राका गुरु पुष्परत्न शाक्य भएको स्मरण गर्दै जसरी उहाँले तीन दशक अघिदेखि साथ दिदै आउनु भयो त्यसैगरी मेयर महर्जनलाई पनि व्यवसायिक वातावरण तयार पार्न सहयोग गर्न आग्रह गरेकी थिइन्। सोही अवसरमा ललितपुर महानगरपालिकामा भारी मतले निर्वाचित मेयर महर्जनलाई संचालक श्रेष्ठले सगुन दिएर सम्मान गर्ने कार्य पनि भएको थियो।

संचालक श्रेष्ठ ललितपुर चेम्बर अफ कमर्सकी जिल्ला कार्यसमिती सदस्य पनि हुन । सो अवसरमा ललितपुर महिला चेम्बरकी अध्यक्ष सुनिता बज्राचार्य लगायतका महिला उद्यमीहरु, ललितपुर चेम्बर सम्बद्ध व्यवसायी लगायतकाको उल्लेख्य संख्यामा सहभागीता रहेको थियो । ‘राधे राधे’ ज्वेलरी तथा बुटिकले मौलिक पहिचान बोकेका हस्तकलाजन्य गहना, घरायसी प्रयोजन तथा सजावटका सामाग्री साथै कपडाजन्य सामाग्रीहरु बिक्री गर्नेछ ।

Facebook Comments Box