नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले संसदीय छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दावी गर्नुभएको छ ।

अहिले छानविनका लागि मार्गप्रसस्त मात्रै गरको भन्दै उहाले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दावी गर्नुभएको हो । संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाले छानविन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गर्नुभयो । पुनले अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको बताउनुभयो । अर्थमन्त्रीमाथि छानविन गर्न समिति गठन हुनुलाई पार्टीले स्वभाविक रुपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाई छ ।
उहाले छानविन समितिले नै सत्यतथ्य ल्याउने भएपनि अहिले नै शर्मालाई दोषी देखाउने काम भएको भन्दै आपत्ती जनाउनुभयो ।

Facebook Comments Box