रश्मी कविन्ध्य आफूलाई कोलम्बोस्थित राष्ट्रपतिको सरकारी निवासभित्र जान पाइएला भन्ने कहिल्यै नलागेको बताउँछिन्।

मानिसहरूको ठूलो भिडले श्रीलङ्काको सबैभन्दा सुरक्षित भवन आफ्नो नियन्त्रणमा लिएको भोलिपल्ट कविन्ध्यजस्ता हजारौँ मानिस उक्त विशाल परिसर हेर्न भेला भएका थिए।

त्यो उपनिवेशकालीन संरचनामा कैयौँ बरन्डा, बैठककक्ष र शयनकक्ष, एउटा स्विमिङ पुल र एउटा ठूलो चौर छ। शनिवारको नाटकीय घटनाक्रमले राष्ट्रपति गोटाबय राजपक्षलाई भाग्न बाध्य बनाएको थियो।

“यो ठाउँको विलासिता र भव्यता हेर्नुहोस् त,” आफ्ना चार सन्तानसहित राष्ट्रपति निवास गएकी कविन्ध्य भन्छिन्। “हामी गाउँमा बस्छौँ र हाम्रो घर सानो छ। यो दरबार जनताको हो र यो जनताको पैसाले बनेको हो।”

श्रीलङ्काका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई राजीनामा दिने जानकारी

प्रदर्शनकारीहरूले निवास कब्जा गरिराख्दा श्रीलङ्काका राष्ट्रपति कहाँ छन्?

हजारौँ महिला, पुरुष र बालबालिकाले दरबार परिसरमा प्रवेश गर्ने प्रयास गरिरहेका थिए भने केही प्रदर्शनकारीले भिडलाई नियन्त्रण गर्ने प्रयासमा थिए।

प्रहरी र विशेष सुरक्षाकर्मीहरूले एउटा कुनामा उभिएर शान्त भई त्यो गतिविधि हेरिरहे।

एउटा कोठाबाट अर्को कोठासम्म डुल्दै मानिसहरूले कलात्मक डेस्क र चित्रकला देखिनेगरी सेल्फी खिचे। उनीहरूले बैठकमा पनि त्यसै गरे।

Facebook Comments Box