नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनावमा उठेर विजयको डङ्ग बजाउने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा अध्यक्ष नेपालले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यसको सामाना गरेर, चुनावमा उठेर विजयको डङ्ग बजाएर आउने बताउनुभएको हो । उहाले राजनीति छाड्न खोजेपनि परिस्थितिले छाड्न नदिएको र केहि बर्ष सक्रिय हुने जिकिर गर्नुभयो ।
अध्यक्ष नेपालले आगामी चूनावको मिति घोषणा भइसकेको अवस्थामा गठबन्धन कायम रहदैन की भन्ने आशंका नगर्न आग्रह गर्नुभयो । गठबन्धन दलहरु मिलेर नै चूनावमा जाने घोषणा शुक्रबार गरिने उहाले जानकारी दिनुभयो । उहाले समाजवादीले गठबन्धनभित्रै तेस्रो मोर्चा पनि बनाउने जिकिर गर्नुभयो । कांग्रेसलाई आफु ठूलो दल भएको दम्भ देखिएकाले तेस्रो मोर्चा आवश्यक रहेको उहाले बताउनुभयो । उहाले अर्काको अस्तीत्व नै स्वीकार नगर्ने एमालेसंग कुनै हालतमा सहकार्य नहुने पनि धारणा राख्नुभयो ।
कार्यक्रममा अध्यक्ष नेपालले डा. ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक नेकपा एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म बिमोचन गर्नुभएको थियो ।

Facebook Comments Box