आज देशभर ७६० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९२६ स्वाब परीक्षण गर्दा ७६० जनामा कोरोना पुष्टि भएको हो। आज दुई हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जनामा र तीन हजार ३३७ जनाको एन्टिजन परीक्षण गर्दा २६६ जनाका कोरोना देखिएको हो।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६९ पुगेको छ।त्यस्तै, ३२४ जना कोरोनाबाट मुक्त भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ पुगेको छ।

Facebook Comments Box