गत आर्थिक वर्षमा विदेशबाट ७२ करोड ४५ लाख रुपैयाँको सुकुमेल भित्रिएको भन्सार विभागले जानकारी दिएको छ । विभागले गत वर्ष २०७८/७९ मा ४ लाख ६७ हजार किलोग्राम सुकुमेल भित्रिएको जानकारी दिएको हो ।उक्त मूल्य बराबरको सुकुमेल भित्रिँदा आयातकर्ताले राज्यलाई १४ करोड ८३ लाख रुपैयाँ भन्सार शूल्क बुझाएका छन् । नेपालमा भारत र ग्वाटेमालाबाट सुकुमेल आउने गरेको विभागले जनाएको छ ।ग्वाटेमालाबाट ४६ करोड रुपैयाँको र भारतबाट २५ करोड रुपैयाँ बराबरको सुकुमेल आउने गरेको तथ्यांकले देखाएको छ ।

 

 

Facebook Comments Box