राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकका समस्या ठूला दलहरुको मुद्दा बन्न नसकेको बताएका छन् ।

नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्यालाई आफ्नो पार्टीले मुख्य एजेन्डा बनाएको बताएका हुन् । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा एजेण्डा अरु पार्टीका घोषण पत्र जस्ता छैनन् । जनता हाम्रा मालिक हुन्, उनीहरुसँग जोडिएका समस्याहरु नै हाम्रो पार्टीको मुल मुद्दा हुन् । यसबाट हामी बिचलित हुदैनौं ।’

Facebook Comments Box