अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच हजार घुससहित एक जना पलम्बरलाई पक्राउ गरेको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच हजार घुससहित एक जना पलम्बरलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस मागेको सूचना आयोगमा आएको थियो।

आयोगको टोलीले खुलाललाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मंगलबार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Facebook Comments Box