बझाङमा गीता पार्कीले घरायसी विवादपछि छोराछोरीसहित झुण्डिएर आत्महत्या गरेको खुलेको छ । भारतमा रोजागरी गर्दै आएका श्रीमान् र उनीबीच फोनमा विवाद भएपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी जागेश्वर भण्डारीले श्रीमान–श्रीमतीबीच फोनमा विवाद भएको भन्ने खुलेको र आत्महत्याको कारणले त्यो हुनसक्ने बताए । ‘पोष्टमार्टम रिर्पोटमा ह्याङ्गिङ आएको छ । अनुसन्धानमा हत्या गरेको भन्ने खालका कुनै पनि प्रमाणहरू भेटिएका छैनन्’,  डीएसपी भण्डारीले लोकान्तरसँग भने ।

अहिले गीताका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।बुंगल नगरपालिका–९ रारुमा साउन २५ गते बिहान २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भुपेन्द्र पार्की झुण्डिएको अवस्थामा भेटिएका थिए ।२४ गते राति उनका पति पुष्कर पार्की भारतबाट घर आएका थिए ।

Facebook Comments Box