काठमाडौं : सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज  ५ सय रुपैयाँ घटेर प्रतितोला सुनको मूल्य ९६ हजार २ सय कायम भएको हो।

अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको सुन आज पाँच सयले घटेको हो ।

तेजावी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै,चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments Box