ललितपुर,नेपाली कांग्रेस ललितपुरले केन्द्रीय कार्यसमितिको पत्र बमोजिम मंसिर ४ मा हुने प्रदेश र संघको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली कांग्रेस’ अभियान सुरु भएको छ । कांग्रेस ललितपुरको शुक्रबार नखिपोटमा बसेको जिल्ला कार्यसमितिको बैठकबाट उक्त अभियान सुरु गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि नानु बास्तोला, बागमती प्रदेश सांसद एवं प्रदेश प्रतिनिधि जिवन डंगोलको उपस्थितिमा बसेको जिल्ला कार्यसमितिको बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी, जिल्ला सदस्य, तीन क्षेत्रीय सभापति, छ प्रदेश सभा सभापति, पालिका सभापतिहरु,भातृ एवं शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रममा अन्तरक्रिया गर्नुका साथै १४ दिने अभियान बारे जिल्ला सचिव वशिष्ठ कुमार अधिकारीले प्रकाश पारेका थिए ।

बैठकमा पालिका सभापतिहरुले प्रदेश र संघको टिकट सिफारिसमा आफूहरूको भूमिका नरहेको भन्दै गुनासो राखेका थिए। क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुन्दरमान थिङले हरेक चुनावमा जिल्ला, केन्द्रीय स्तरको नेतृत्व नै अन्तरघातमा लाग्ने र केन्द्रीय कार्यसमितिले कहिलै कारवाही नगर्ने गर्दा कांग्रेस भित्र अन्तर्घातको रुप मौलाएको बताएका थिए। क्षेत्र नं २ का क्षेत्रीय सभापति महेश खड्काले चुनावी अभियान सफल पार्न क्षेत्रबाट गर्नुपर्ने सबै काम जिम्मेवारीका साथ वहन गर्ने बताए।

अर्का क्षेत्रीय सभापति महेश्वर थापाले केन्द्रीय नेताहरूको बाहुल्यता रहेको क्षेत्र र संघर प्रदेशको निर्वाचनमा आकांक्षीहरु धेरै हुँदा व्यवस्थापनमा चुनौती थपिएको कुरा व्यक्त गरे।

बागमती प्रदेश सांसद एवं प्रदेश प्रतिनिधि जिवन डंगोलले कांग्रेसका कारण कांग्रेस पराजित हुने गरेकाले यसलाई सुधार्नु जरुरी रहेको बताइन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रिय प्रतिनिधि नानु बास्तोलाले स्थानीय तहको नतिजा अनुसार गठवन्धन गरिएको बताइन्। स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस ३९% नतिजा सहित कांग्रेस पहिलो पार्टी भएको बताउँदै संघ र प्रदेशको निर्वाचनमा पनि पहिलो पार्टी बनाउन कांग्रेसले जनतासँग कांग्रेस अभियान अघि सारेको बताइन्।

उनले विधानअनुसार सबैको आफ्नो जिम्मेवारी हुने बताउँदै पार्टीको पक्षमा नतिजा ल्याउन स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुकोको महत्वपूर्ण भूमिका हुने बताइन्। बैठकमा उपस्थितलाई धन्यवाद ज्ञापन गर्दै उपसभापति सुदर्शन घिमिरेले नेपाली काँग्रेस ललितपुरका तीनवटै क्षेत्रमा बलियो रहेको प्रष्ट पारे। उनले कांग्रेस कमजोर भए कांग्रेसले कारण हुने भन्दै यो अभियानमा “कांग्रेसका साथमा कांग्रेस” अभियान पनि सुरु गर्नुपर्ने बताए।

पार्टी सभापति जितेन्द्र कुमार श्रेष्ठले केन्द्रले दिएको निर्देशन पालना गर्न सबैलाई आग्रह गरे। सभापति श्रेष्ठले मतभेद र तिक्ततालाई बिर्सेर संगठनलाई चुष्ट र दुरुस्त बनाउन आफु र आफ्नो टिम लागिपरेको बताए।

सभापति श्रेष्ठले प्रदेश कार्यसमिति र क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएका उम्मेद्वारहरूको नामावली जस्ताकोतस्तै प्रदेश र केन्द्रमा पठाउने प्रष्ट पारे। उनले स्थानीय तहको निर्वाचनमा पार्टीका नेताहरुको सहयोग भएको नभएको बारेमा राय सुझाव भने जिल्ला कार्यसमितिले केन्द्रमा पठाउने उल्लेख गरे।

प्रत्यक्षतर्फ आफ्नो कुनै दाबी नरहेको बताउँदै सभापति श्रेष्ठले समानुपातिकमा आफ्नो नाम सिफारिसमा आए आफू पछि नहट्ने बताए।

बैठकमा अभियानलाई सफल बनाउन जिल्लाका पदाधिकारीहरुलाई प्रदेश सभाको लागि प्रतिनिधि खटाइएको थियो।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १

प्रदेश सभा १ (क)- उपसभापति सुदर्शन घिमिरे

प्रदेश सभा १ (ख)- सहसचिव गणेश केसी

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २

प्रदेश सभा २ (क)- सचिव राजन प्रसाद घिमिरे

प्रदेश सभा २ (ख)- उपसभापति गजेन्द्र महर्जन

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३

प्रदेश सभा ३ (क)- सचिव वशिष्ठ कुमार अधिकारी

प्रदेश सभा ३ (ख)- सहसचिव ऋषि देव फुयाँ

Facebook Comments Box