ललितपुर : मंसिर ४गते हुने प्रदेश प्रतिनिधि सभा चुनाबको लागि ललितपुर प्रदेश सभा ३ ´ख`का लागि कांग्रेस बाट प्रमोद शर्मा एक नम्बरमा सिफारिस भएको छ ।बिहीवार बसेको कार्यसमितिको बैठकले २० वडा इकाइबाट महाधिवेशन प्रतिनिधिका रहनु भएका प्रमोद शर्माको नाम पहिलो नम्बरमा जिल्लामा पठाएको हो ।

गत १४औं महाधिवेशनमा कार्यकर्ताको लोकप्रियतामा १० भित्र परेर निर्वाचित भएका थिए । हाल सम्म कुनै पनि स्वार्थ नराखी पार्टी हितमा पार्टीको निर्देश अनुसार विभिन्न पदहरुमा रहि सफलताको साथ आफ्नो जिम्मेवारी निर्वाह गरि नेपाली कांग्रेस पार्टीको सेवा गरि आउनु भएका लगनशील निस्वार्थवान असल व्यक्तिका धनी प्रमोद शर्मालाई यस पटक पार्टीले सहि मुल्यांकन गरेको छ ।

कार्यकर्ता तथा ललितपुरका जनता माज पनि अत्यन्त लोकप्रिय ,मुटु भाषि सहृदय बौद्धिक चिन्तन गर्ने नम्रता भएका व्यक्तिवलाई यसपाली ललितपुर जिल्ला प्रदेश ३ ´ख`का लागि पहिलो नम्बरमा उमेदवारका रूपमा अगाडि बढाएकोमा क्षेत्रीय समितिका सम्पुर्ण कार्य समिति परिवार धन्यवादका पात्र हुनुहुन्छ । जिल्लाले पनि पार्टीलाई बिना स्वार्थ योगदान दिने इमान्दार निस्वार्थ तथा क्षमता भएका व्यक्तिलाई पहिलो नम्बरमा सिफारिस गरि पठाउने अपेक्षा आम पार्टीका कार्यकर्ता तथा नेपाली कांग्रेसका शुभचिन्तक रहेको छ तसर्थ  आउने मंसिर ४गते हुने प्रदेश प्रतिनिधि सभा चुनाबको लागि ललितपुर प्रदेश सभा ३ ´ख` का लागि कांग्रेसबाट प्रमोद शर्मा एक नम्बरमा सिफारिस हुनुभयो ।

Facebook Comments Box